सप्तरीस्थित दशगजा क्षेत्रमा बुधबार बिहान एकजना पुरुषको बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी– १ स्थित राजविराज भन्सार कार्यालयदेखि करिब एक सय ५० मिटर पूर्वतर्फबाट सो शव भेटिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
शवको प्रकृति पहाडे मूलकाे जस्तो हुलिया रहेको उनले बताए । ‘पहाडे मूलकाे जस्तो हुलिया छ, हामीले पहिचानका लागि सबैतिर रिले गरेका छौँ,’ उनले भने, ‘शवबारे थप अनुसन्धान भइरहेको छ ।’