१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २८ मंगलबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से २१ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १६:१९:oo

पछिल्लो समय निरन्तर घट्दै आएको नेप्से परिसूचक मंगलबार वृद्धि भएको छ। नेप्से २१.३० अंकले बढेर एक हजार नाै सय ३४.०४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.८३, फ्लोट इन्डेक्स १.७१ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५९ अंकले बढेको छ।

आज कारोबारमा आएका दुई सय ३१ कम्पनीको ३१ लाख ४६ हजार नाै सय ९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। सोमबार २६ लाख १३ हजार चार सय ५० कित्ता सेयर ८३ करोड १६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको थियो।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ। नेप्से बढेसँगै आज बोटलर्स नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको सेयरमूल्य २.१० प्रतिशतले घटेको छ।
 

ad
ad
ad
ad