१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २४ शुक्रबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पसिनाले छाला सफा बनाउँछ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार o९:३o:oo

के तपाईं पसिनाको दुर्गन्धबाट हैरान हुनुहुन्छ ? यदि यस्तो छ भने चिन्ता नगर्नुस्, पसिना र त्यसको गन्ध दुवै तपाईंको स्वास्थ्यका लागि फाइदाजनक छ । पसिनाले तपाईंलाई हाइड्रेट राख्ने मात्र होइन, छालाका कैयौँ रोगबाट पनि बचाउँछ ।

हाम्रो छालामा दुई सयभन्दा धेरै प्रकारका ब्याक्टेरिया हुन्छन् । पसिना निस्किएपछि ती एक्टिभ हुन्छन् । पसिना आफैँमा दुर्गन्धित होइन, तर हाम्रो काखी र जाँघहरूबीचबाट निस्कने पसिनामा तेल, फ्याट र प्रोटिन धेरै हुनाले यो दुर्गन्धित बन्छ ।

तर, यसले हानिकारक ब्याक्टेरिया, एक्जिमाजस्ता रोगबाट बचाउँछ । एमआरएसएजस्ता रोगलाई पनि पसिनाले टाढा राख्छ । यस्ता ब्याक्टेरिया प्रायः अस्पतालआसपास पाइन्छन् । अमेरिकामा ठूलो संख्यामा मानिसहरू यस रोगबाट हैरान छन् । 

योर्क विश्वविद्यालयका बायोलोजिस्ट गेविन थोमस भन्छन्, ‘हाम्रो शरीरका ब्याक्टेरियाका कारण पसिनामा दुर्गन्ध आउँछ । भोका ब्याक्टेरियाले पसिनाको मोलिक्युल खान्छन् । यसबाट अन्य मोलिक्युल बन्छन् । यसको गन्ध अलग–अलग हुन्छ ।’

डर्माटोलोजिस्ट रिचार्ड गैल भन्छन्, ‘हाम्रो पसिना एक तरिकाको एन्टिबायोटिक जुुस हो, जसले हानिकारक ब्याक्टेरियासँग लड्नका लागि एउटा पर्खाल खडा गरिदिन्छ । एन्टिब्याक्टेरियल साबुनबाट नुहाएपछि पनि यो हाम्रो शरीरमा मौजुद हन्छ । नुहाएको १० मिनेटभित्रै यो फेरि तयार हुन्छ र हाम्रो शरीरलाई स्वस्थ राख्छ ।’

ad
ad
ad
ad