
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो ।
बकिंघम प्यालेसले विज्ञप्ति जारी गरी महारानी एलिजाबेथ द्वितीयको बालमोरलमा निधन भएको घोषणा गरेको छ । उनी केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहेकी थिइन् ।
उनको मृत्युले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । उनी विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख पनि थिइन् । ‘रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्ण निधन भयो । राजा र रानीका सहयोगी आज साँझ बालमोरलमा रहनेछन् र भोलि लन्डन फर्कनेछन्,’ बकिंघम प्यालेसले भनेको छ ।