सन् २०२२ : संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या ११ वर्षपछि एक अर्बले बढेर आठ अर्ब पुगेको घोषणा गर्यो । अब सन् २०३७ सम्मा जनसंख्या नौ अर्ब पुग्ने प्रक्षेपण छ ।
सन् १५३३ : फ्रान्सिस्को पिजार्रोको नेतृत्वमा रहेको स्पेनिस सैनिक अभियानले इन्का जातिको सेनालाई हराउँदै तिनको राजधानी कुस्को कब्जा गरे ।
सन् १९४५ : चिलीकी कवि ग्याब्रियल मिस्ट्रल साहित्य विधामा नोबेल पुरस्कार पाउने पहिलो ल्याटिन अमेरिकी नागरिक बनिन् ।
सन् १९७९ : इरानमा इस्लामिक क्रान्ति सफल भएपछि त्यहाँको सरकारले सबै अमेरिकी तेल कम्पनीसँगको सम्झौता रद्द गर्यो ।
सन् १९८३ : साइप्रस टापुका टर्किस भाषीको बसोवास रहेको क्षेत्रले आफूलाई ‘टर्किस रिपब्लिक अफ नर्दन साइप्रस’को नाममा स्वतन्त्र राष्ट्र घोषणा गर्यो ।
सन् २००० : भारतको पूर्वी राज्यको बिहारको दक्षिणी भेगलाई अलग गरेर झारखण्ड (स्थानीय भाषामा जसको अर्थ जंगलको भूमि भन्ने हुन्छ) नाममा नयाँ राज्य बनाइयो ।
सन् २०१९ : पाकिस्तान टाइफाइडविरुद्ध बालबालिकालाई खोप दिने विश्वको पहिलो मुलुक बन्यो । उसले नियमित खोप कार्यक्रममा ‘टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) दिएको थियो ।