इतिहासमा आज

बिहिबार, ३ मंसिर, २०८३
प्रिन्ट संस्करण

सन् १९४२ : सोभियत संघले आक्रमणकारी जर्मन फौजविरुद्ध स्टालिनग्रादमा दश लाख फौज सरिक ‘अप्रेसन युरेनस’ सुरु गर्यो ।

सन् १७९४ : फ्रान्सेली क्रान्तिताका उग्र खेमाका नेताहरूको समूह ‘ज्याकोबिन क्लब’ भङ्ग गरियो ।

सन् १८६३ : अब्राहम लिंकनले चर्चित ‘गेटिसबर्ग सम्बोधन’मा ‘प्रजातन्त्रिक सरकार भनेको जनताको, जनताबाट र जनताका लागि’ भन्ने चर्चित उद्गार व्यक्त गरेका थिए ।

सन् १९६९ : पेलेले आफ्नो व्यावसायिक खेलजीवनको १०००औँ गोल गरे । 

सन् २००७ : अमेजन डट कमले ‘किन्डल’ बेच्न सुरु गर्यो । किन्डलले विश्वभर इ–बुक (अर्थात् विद्युतीय पुस्तक)को प्रयोगलाई लोकप्रिय बनाउन सघायो । 

सुझावित समाचार