हुआङको पतनले अमेरिका–चीन सम्बन्धमा ल्याउनेछ दरार

वासिंटनसँगको सम्बन्ध सुधारमा प्रयासरत चीनलाई बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाका सिइओ जेन्सेन हुआङ जोडिएको काण्डले पुर्‍यायो धक्का

सोमबार, ३० कार्तिक, २०८३
प्रिन्ट संस्करण

सामान्य परिस्थितिमा हालै एनभिडियाको सिइओ पदबाट राजीनामा दिएका जेन्सेन हुआङको विवाहेत्तर सम्बन्ध व्यक्तिगत लज्जाको विषय मात्र हुने थियो । तर, यस प्रकरणमा एकजना शक्तिशाली व्यक्तिको संलग्नताले अमेरिका–चीन प्रविधि सम्बन्ध नै गम्भीर संकटमा धकेलिने खतरा बढेको छ । हुआङले आफूले विवाहेत्तर सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

उनले कम्तीमा तीन महिलासँग सम्बन्ध राखेका थिए, जसमा हुआङले नेतृत्व गरिरहेका एनभिडियाका दुई कर्मचारीसमेत छन् । चीनको हितमा काम गरिरहेको आशंकामा परेकी एलिससँग जेन्सेनको सम्बन्धले सबैको ध्यान तानेको छ । आखिर एलिससँगको  सम्बन्ध र बिहीबार उनको राजीनामाले कसरी चीन–अमेरिका सम्बन्धमै असर पर्न सक्छ ?

बृहत्तर रूपमा चीनप्रतिको अमेरिकी नीति लामो समयदेखि दुई खेमामा विभाजित छ । यसमा एकातर्फ ‘सतर्क रहनुपर्ने पक्ष’ छ, जसको नेतृत्व  राष्ट्रिय सुरक्षामा कडा अडान राख्नेहरूले गर्छन् । यो समूह चीनले बौद्धिक सम्पत्ति चोरी गरेको इतिहास, महत्वपूर्ण आपूर्ति शृंखलामाथि उसको नियन्त्रण, बेइजिङको आर्थिक शक्ति र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रमुख प्रविधिमा अमेरिकालाई उछिन्ने  बेइजिङको क्षमतालाई लिएर चिन्तित छ । 

वास्तवमा चीनप्रति अमेरिकी नीति लामो समयदेखि दुई खेमामा विभाजित छ । एकातर्फ ‘सावधान रहनुपर्ने पक्ष’ छ र यसको नेतृत्व राष्ट्रिय सुरक्षामा कडा अडान राख्नेहरूले गर्छन् । अर्कोतर्फ, ‘अवसर छोप्नुपर्ने पक्ष’ छ, जसले बेइजिङसँगको सम्बन्धबाट प्राप्त हुन सक्ने फाइदामा ध्यान केन्द्रित गर्छ ।

अर्कोतर्फ, ‘अवसर छोप्नुपर्ने पक्ष’छ , जसले चीनसँगको सम्बन्धबाट प्राप्त हुन सक्ने फाइदामा ध्यान केन्द्रित गर्छ । यो खेमाले प्रविधि बिक्री गर्ने, विशाल चिनियाँ बजारमा पहुँच कायम राख्ने तथा दुई देशबिच सहकार्य र आपसी लगानीका बाटा खोज्नुपर्ने वकालत गर्छ । यी दुई पक्षबिचको तनावले कहिलेकाहीँ राम्रो नीति निर्माणमा मद्दत पुर्याउन सक्छ, विशेषगरी जब दुवै पक्षले एक–अर्कासँग बौद्धिक र तार्किक बहस गर्छन् ।

यस्तो स्वस्थ बहस ‘असल नियत’मा आधारित हुन्छ । अर्थात्, दुवै पक्षले अमेरिकाको आधारभूत राष्ट्रिय हित कायम राख्नुपर्ने विश्वास गर्छन् । यसका लागि ‘सतर्क रहने पक्ष’का तर्क ‘जातीय पूर्वाग्रहयुक्त त्रास’मा परिणत हुनुहुँदैन भने ‘अवसर छोप्नुपर्ने पक्ष’ ‘व्यक्तिगत लोभ’मा बहकिनु हुँदैन ।

एनभिडियासँग जोडिएको बहस केही समयदेखि तीव्र रहँदै आएको छ । पछिल्लो समय अमेरिका–चीन सम्बन्धमा ‘उन्नत चिप’भन्दा बढी महŒवपूर्ण विषय अरू कुनै छैन । अमेरिका–चीन प्रतिस्पर्धाका क्षेत्र जस्तै– आपूर्ति शृंखला वा महत्वपूर्ण खनिजमा चीनको अग्रता भए पनि अत्याधुनिक चिपमा भने अझै पनि अमेरिकाको पकड बलियो छ ।

यो कुरालाई यही तथ्यले पनि पुष्टि गर्छ कि विश्वव्यापी ‘कम्प्युट’ क्षमताको करिब ७५ प्रतिशत हिस्सा अमेरिका एक्लैसँग छ । जबकि, चीनसँग १५ प्रतिशत मात्र छ । अमेरिकाको अग्रता ताइबानसँगको अमेरिकाको गठबन्धनमा टिकेको छ, जहाँ चिप निर्माता कम्पनी ‘टिएसएमसी’ छ । त्यसबाहेक अमेरिकाको अग्रतामा ‘एनभिडिया’जस्ता कम्पनीको पनि भूमिका छ, जसले पछिल्लो समयको सबैभन्दा अत्याधुनिक चिपको डिजाइन र बिक्री गर्छन् ।

चीनको अत्याधुनिक चिपसम्मको पहुँचलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अमेरिकामा वर्षौंसम्म बहस चल्दै आएको छ । यस बहसमा पनि एकातिर सावधानी अपनाउने पक्ष छ भने अर्कोतिर अवसरको रूपमा हेर्ने पक्ष । अवसर देख्ने पक्षधरले चीनको अमेरिकामाथिको निर्भरता राम्रो भएको तर्क गर्दै आएका छन् ।

तिनका अनुसार चीनले सबैभन्दा अत्याधुनिक चिपबाहेक सबै कुरा अमेरिकाबाट किनिरह्यो भने ऊ अमेरिकी कम्पनीमाथि निर्भर रहनेछ । अर्थात्, यस पक्षधरका अनुसार यदि चीनलाई यी प्रविधिबाट पूर्ण रूपमा वञ्चित गरियो भने उसले सम्पूर्ण स्रोतलाई यी उद्योग खडा गर्न लगाउनेछ ।

यद्यपि, सावधानी अपनाउने दृष्टिकोण भएका समूहले भने बेइजिङलाई सबैखालका अत्याधुनिक चिप किन्नबाट रोक्नुपर्ने भन्दै आएको छ । यसले मात्र अमेरिकी अग्रता कायम रहिरहने तिनको बुझाइ छ ।

गत वर्ष ‘एनभिडिया’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गरेको एक सम्झौताले यी सबै तर्क र ‘असल नियत’सम्बन्धी मान्यतालाई पूर्ण रूपमा खण्डित गरिदियो । ट्रम्पले त्यतिवेला ‘एनभिडिया’लाई चीनमा अत्यन्तै उन्नत ‘एच–२००’ चिप बेच्न अनुमति दिए ।

यो अनुमति दिने काम कुनै तार्किक बहसमार्फत नभई चीनमा बेचिने चिपबाट हुने आयको २५ प्रतिशत हिस्सा ह्वाइट हाउसलाई दिने प्रस्तावपछि सम्भव भएको थियो । अझ खतरनाक त उक्त राजस्व रकमको कुनै स्पष्ट निगरानी वा लेखाजोखाको व्यवस्थासमेत गरिएको थिएन ।

यसका साथै, ‘एनभिडिया’का प्रमुख हुआङले ट्रम्प–समर्थित विभिन्न कदमका लागि दुई करोड ६० लाख अमेरिकी डलर सहयोग पनि दिए, जसमा ह्वाइट हाउसको ‘बलरुम’ (विशाल नृत्य कक्ष) निर्माण कार्यसमेत समावेश थियो ।

यो सम्झौता सुरुदेखि नै दूषित थियो, तर राष्ट्रिय सुरक्षाका कट्टर समर्थकसमेत ट्रम्पको प्रतिशोधको डरले चुपचाप बसे । अहिले भने स्थिति बदलिएको छ । नयाँ आउँदै गरेको डेमोक्य्राटिक कंग्रेसमा राष्ट्रिय सुरक्षाप्रति चिन्तित रिपब्लिकनको पनि साथ छ । परिणामस्वरूप यस्ता सम्झौताको कठोर छानबिन हुने देखिएको छ ।

एलिस र जेन्सेनविरुद्ध लागेका जासुसीका आरोपले यस विषयमा हुने छानबिनलाई अझ तीव्र बनाएका छन् । त्यस्तै, उनी जासुस हुन सक्ने पहिले नै ह्वाइट हाउसलाई चेतावनी दिइएको तर तिनको बेवास्ता गरेको देखिएको विषयले पनि यसलाई थप गम्भीर बनाएको छ ।

यदि दोस्रोपटक गुप्तचर निकाले चेतावनी दिएपछि पनि ट्रम्पले एनभिडियाको सेयरमा ‘सर्टिङ’ (मूल्य घट्ने अनुमानमा गरिने लगानी) गरेर नाफा कमाएको कुरा प्रमाणित भयो भने यो प्रकरण ट्रम्पका लागि निकै घातक बन्ने निश्चित छ । एलिसले जेन्सेन हुआङका निर्णयलाई कहिल्यै प्रभावित गरिनन् । यसका बाबजुद आगामी अनुसन्धानमा हुआङलाई बेइजिङको प्रभावमा परेको व्यक्तिका रूपमा चित्रण गर्न सजिलो हुनेछ ।

हुआङको पतनले चिप बिक्रीको विरोध गर्नेहरूलाई एनभिडियाजस्ता कम्पनीलाई चिनियाँ सम्राज्यको ‘औजार’ बनेको आरोप लगाउने मौका दिनेछ । यसमा ह्वाइट हाउसले ‘सहजीकरण’ गरिदिएको भनेर आरोप खेप्नुपर्ने हुन्छ ।

हुआङप्रति ट्रम्पको निरन्तर र दृढ समर्थनले विरोधीलाई ट्रम्पविरुद्ध थप बलियो हतियार प्रदान गरेको छ । अमेरिकी मध्यावधि निर्वाचनको नतिजापछि रिपब्लिकनहरू आफैँ संकटमा छन् । यस्तो वेला कम्पनीहरूले अब ट्रम्पको संरक्षणमा मात्र भर पर्न सक्ने अवस्था छैन ।

दीर्घकालमा यो काण्डमा अनुसन्धान हुँदै जाँदा चार ट्रिलियन डलर मूल्यबराबरको एनभिडिया कम्पनीसँग जोडिएको भ्रष्टाचार र प्रतिबन्ध छल्ने कार्यको अझ ठुलो सञ्जाललाई उजागर गर्न सक्छ ।

एनभिडियाको सबैभन्दा उन्नत चिप शृंखला ‘ब्ल्याकवेल’लाई चीनमा निर्यात गर्न प्रतिबन्ध लगाइएको छ । तैपनि, चिनियाँ एआई क्षेत्रमा यसको प्रयोग भइरहेका संकेत प्रशस्त भेटिएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीमध्ये केहीले सम्भवतः यस प्रकरणमा को–को दोषी छन् भन्ने प्रमाण समेटिएका कागजात सार्वजनिक गर्न सही समयको प्रतीक्षा गरिरहेका हुन सक्छन् । 

एलिस हुआङको कम्पनी ‘मेगास्पिड’को सम्पत्ति सन् २०२३ मा तीन करोड ३० लाख डलर रहेकोमा सन् २०२४ मा तीन अर्ब डलर पुग्यो । कम्पनीको सम्पत्तिमा एक्कासि भएको उछालले त्यहाँ चिनियाँ सरकारको लगानी रहेकोे संकेत गर्छ । (मेगास्पिडले कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ । उसले अमेरिकी आपराधिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।)

उसो त अमेरिकी चिप निर्यातको प्रतिबन्ध छल्ने शंका गरिएका कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ । तर, अब जेन्सेन हुआङ र एलिस हुआङ दुवैका गतिविधिमाथि हुने पूर्ण संघीय अनुसन्धानले अझ धेरै लुकेका तथ्य बाहिर ल्याउन सक्छ ।

चीनले घटना बाहिरिएसँगै सधैँझैँ जासुसी कार्यमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । उसले अमेरिकालाई नयाँ प्राविधिक प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । तर, सम्भावित नयाँ प्रतिबन्ध मात्रै होइन, आगामी दिनमा जुनसुकै स्तरका चिप वा चीनसँग सम्बन्धित सम्झौतामा अनिवार्य कडा निगरानी हुनेछ ।

बेइजिङले यसलाई ‘खेलको हिस्सा’का रूपमा स्वाभाविक रूपमा स्वीकार गर्ने आशा मात्र गर्न सकिन्छ । अन्यथा, उसले पनि बदलास्वरूप पहिले नै कडा रहेका ‘प्रतिबन्ध–विरोधी’ नियमलाई अझ कडा बनाउने वा अमेरिकाका लागि अत्यावश्यक खनिज पदार्थको आपूर्ति रोक्नेजस्ता कदम चाल्न सक्छ ।

अमेरिकी पक्षमा पनि एउटै घटनामाथि अत्यधिक केन्द्रित हुने जोखिम पनि छ । यो कुरा अमेरिकी गुप्तचर निकायको एउटा पुरानो बानी हो । उदाहरणका लागि, सन् २००० को दशकको सुरुतिर चिनियाँ गुप्तचर निकायले एकजना युवा अमेरिकीलाई आफ्नो जासुसी सञ्जालमा भर्ती गरेको घटना बाहिरियो । त्यसपछि, चीनमा काम गरेर वा पढेर फर्किएका सबै अमेरिकी नागरिकका लागि ‘सुरक्षा अनुमति’ प्रक्रिया निकै कठोर बनाइयो ।

यस्तै कुराको पुनरावृत्ति हुन सक्छ । यो कुरा अमेरिकाभित्र संवेदनशील प्रविधि क्षेत्रमा कार्यरत चिनियाँ मूलका व्यक्तिप्रति जातीय पूर्वाग्रहका रूपमा कार्यान्वयन हुन सक्छ ।  यस प्रकरणले कम्तीमा पनि अमेरिकी व्यवसायीलाई आफ्ना चिनियाँ समकक्षीसँग शारीरिक सम्पर्क त परको कुरा जारी कारोबार वा सम्बन्धमा समेत थप सतर्क हुन प्रेरित गर्न सक्छ । 
फरेन पोलिसीबाट

सुझावित समाचार