इतिहासमा आज

मंगलबार, १ मंसिर, २०८३
प्रिन्ट संस्करण

सन् १९८९ : बर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी प्रागमा विद्यार्थीको विशाल प्रदर्शन । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको विरोधमा भएको देशव्यापी आमहडतालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट सत्ता ढलेको थियो ।

सन् १५५८ : मेरी प्रथमको मृत्युपछि एलिजाबेथ ट्युडर एलिजाबेथ प्रथमको रूपमा बेलायतको सिंहासनको उत्तराधिकारी बनिन् ।

सन् १८०० : अमेरिकी कंग्रेसको पहिलो बैठक वासिंटन डिसीमा आयोजना भयो ।

सन् १८६९ : भूमध्यसागरलाई लालसागरसँग जोड्ने सुएज नहरको उद्घाटन ।

सन् १९६९ : सोभियत र अमेरिकी वार्ताकारबिच रणनीतिक हतियार सीमा वार्ता (एसएएलटी) सुरु । यो वार्ता शीतयुद्धको हतियार दौडलाई रोक्ने माध्यमसम्बन्धी दुई राष्ट्रबिच वर्षौँदेखि चलिरहेको छलफलको उत्कर्ष थियो ।

सन् १९७३ : जर्जियोस पापाडोपोलोसको नेतृत्वमा रहेको सैन्य जुन्टाविरुद्धको विरोध प्रदर्शन नोभेम्बर १४ मा सुरु भएको थियो । नोभेम्बर १७ को बिहान सेनाले ट्यांक प्रयोग गरेर क्याम्पसपरिसरमा आक्रमण गरेपछि विरोध प्रदर्शन अन्त्य भयो ।

सुझावित समाचार