साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ। नेप्से परिसूचक ६.६८ अंकले बढेर एक हजार नाै सय ७७.३० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५७, फ्लोट इन्डेक्स ०.४४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले बढेको छ।
आइतबार कारोबारमा आएका दुई सय २७ कम्पनीको २८ लाख ७६ हजार कित्ता सेयर एक अर्ब ७ करोड १६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्सेका १३ उपसमूहमध्ये नाै उपसमूहको परिसूचक बढेको छ भने बाँकी चार उपसमूहको परिसूचक घटेको छ। जसमा निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत बढेको छ।
रुरु जलविद्युत् परियोजनाको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य नाै प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको आठ प्रतिशतभन्दा बढी बढेको छ। यता सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य करिब तीन प्रतिशतले घटेको छ। आइतबार रिडी पावरको आठ करोड ९१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।