मंगलबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ। नेप्से २.३३ अंकले बढेर एक हजार नाै सय ९५.३४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंकले घटेको छ।
मंगलबार दुई सय २६ कम्पनीको २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर एक अर्ब एक करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँबराबरमा कारोबार भएको छ। सोमबारको भन्दा कारोबार रकममा गिरावट आएको छ। सोमबार एक अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने सात उपसमूहको परिसूचक सकारात्मक रहेको छ। जसमा विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूह ३३.८२ र माइक्रोफाइनान्स ३.६३ अंकले बढेको छ। तर, बैंकिङ समूह ०.७६, जलविद्युत् १८.०९, वित्त कम्पनी १४.९५, निर्जीवन बिमा ६.३७ र जीवन बिमा २.३६ अंकले घटेको छ।
मंगलबार हिमालय एभरेस्ट इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अपर हावाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८.४५ प्रतिशतले बढेको छ। यता विन नेपाल लद्युवित्तको सेयर मूल्य भने ४.७७ प्रतिशतले घटेको छ। आज नेपाल टेलिकमले ९५ करोड ७७ लाख २५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।