१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १९:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सूर्यबहादुर थापाको आत्मकथा 'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री' को आवरण सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३१:oo

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा  'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री'को आवरण सार्वजनिक भएको छ। राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूर्यबहादुर थापाका सुपुत्र सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन्। 

पुस्तकको आवरण सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेले डिजाइन गरेका छन्। वि.सं. २०६५ सालबाट करिब चार वर्ष ३१० घण्टा कुराकानी गरी पुस्तक तयार पारिएको पुस्तकको लेखन गरेका गणेश पौडेलले बताए। पत्रकार केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गर्दाका समयलाई स्मरण गर्दै उनले भने, 'राणाकालको अन्तिम दशकदेखि दोस्राे संविधानसभाको सभाध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टिकोणबाट भन्ने कोसिस गरिएको छ।'

ad
ad