१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाको ताँजाकोटमा अज्ञात रोगले ६० पशु मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o९:oo

हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ ।

खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट– २ का धनबहादुर रोकायाले जानकारी दिए । अज्ञात रोगले वडा नम्बर १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् ।

गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट– १ का दलबहादुर खड्काले गुनासो गरे ।

‘पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो, तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन,’ उनले भने । ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने, ‘अहिले जीवित पशु चौपायालाई खोप लगाउने काम भइरहेको छ ।’ 

ad
ad