नेकपा (एकीकृत समाजवादी) इलामले जिल्लाको सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटीको बैठकले सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको हो।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल र क्षेत्र नम्बर २ मा युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईको नाम सिफारिस गरिएको छ।
प्रदेश सभातर्फ क्षेत्र–१ (क, ख)का लागि जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, वृहस्पति खतिवडा, सावित्रा गर्तौला र क्षेत्र–२ (क, ख)का लागि हरि वाला, प्रमिला बस्नेत, सञ्जिप राई, सोम शर्मा, हर्क साम्बालगायतको नाम सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य हेमराज लिम्बूले जानकारी दिएका छन्।