१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

दिदी–भाइको कथा ‘ऐना झ्यालको पुतली’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५७:oo

लेखक तथा निर्देशक सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ सिनेमाको ट्रेलर र पोस्टरले राम्रो प्रतिक्रिया पाइसकेको छ। विदेशका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा अवार्ड तथा प्रशंसा बटुलेको यो सिनेमा २६ भदौदेखि प्रदर्शनमा आउँदै छ।

निर्देशक बिडारीले आफ्नो बाल्यकालको भोगाइलाई ‘ऐना झ्यालको पुतली’मा कथा बुनिएको बताए। ‘यो नौ वर्षको भाइले १३ वर्षको दिदी र आमाको संघर्षलाई देखेको कथा हो। आठ–नाै वर्षको हुँदा मैले आमा–दिदीहरूको संघर्ष देखेको छु। यो सिनेमालाई मेरो भोगाइको प्रतिबिम्ब भन्दा फरक पर्दैन। यो कथा मजस्तै धेरै परिवारको कथा हो,’ उनले भने।

बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका आमा–दिदीहरूको  संघर्षलाई आधार मानेर कथा तयार गरेको बताए। ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ, त्यसैगरी सिनेमा पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो,’ उनी भन्छन्, ‘उच्च वर्ग र निम्न वर्गका सपना फरक होलान्। वस्तु फरक होलान्, तर आकांक्षा राख्ने भावना एउटै हुन्छ। सिनेमाले हाम्रो यस्तै आकांक्षाको कथा प्रस्तुत गर्छ।’

सिनेमामा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन्। विष्टबाहेक अन्य कलाकारले अहिलेसम्म अभिनय गरेका थिएनन्। निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन्।
 
आइसफल प्रोडक्सन, लोकल सिनेमा र आर्को फिल्मसकाे संयुक्त ब्यानरमा बनेको फिल्मलाई प्रवीण स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन्। 

ऐना झ्यालको पुतली दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको ‘न्यु करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली सिनेमा हो। त्यस्तै, ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा निर्देशक बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो। स्विट्जरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमासमेत प्रदर्शन भएको फिल्मलाई स्विट्जरल्यान्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए।

ad
ad