१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भारतीय सेनाप्रमुख पाण्डे नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३८:oo

भारतीय सेनाप्रमुख मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी १९ देखि २३ भदौमा नेपाल आउने भएका हुन् । पाण्डेको पाँचदिने भ्रमण तय भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिए । 

‘उहाँको भ्रमणको मिति स्वीकृत भएको छ । बाँकी कार्यक्रमबारे तयारी भइरहेको छ,’ उनले भने । पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम छ ।

त्यसबाहेक उनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्नेछन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उनको शिष्टाचार भेट हुनेछ । 

ad
ad