१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लामो समयपछि एमाले अध्यक्ष ओली किन पुगे बालुवाटार ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार १०:३६:००

सत्ता–प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि ओली आज बिहानै बालुवाटार पुगेका हुन् । 

उनीहरूबीच अहिले पनि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । भेटको मुख्य विषय नखुलाइए पनि प्रतिनिधिसभाबाट दोस्रोपटक जारी गरिएको नागरिकता विधेयक, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलगायतका विषयमा छलफल चलिरहेको स्रोतको भनाइ छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पहिलोपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि प्रतिनिधिसभाले पुनः पारित गरिसकेको छ । दोस्रोपटक पारित गरेर पठाइने विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता छ । 

तर, नागरिकता विधेयकका केही प्रावधानमा असहमति जनाउँदै एमालेले दुवैपटक विपक्षमा मतदान गरेको थियो । यसर्थ, निर्वाचनका वेला त्यसको असर नदेखियोस् भन्नेमा एमाले सचेत देखिन्छ ।