Skip This
जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो आक्रोश पाेख्याे : अध्यक्ष ओली
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २ आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो आक्रोश पाेख्याे : अध्यक्ष ओली

‘जेठ १५ अगावै नीति कार्यक्रम पास गर्नुपर्ने भएकाले संसद अधिवेशन अन्त्य’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १४:१६:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई संयमित रहन आग्रह गरेका छन्। जनताको नाम लिएर कांग्रेसले संसद् अवरोध गरिरहेको भन्दै ओलीले संसदीय प्रणालीका मान्यताअनुरूप समाधान खोज्न आग्रह गरेका हुन्।

‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ। यस्तो गर्नुहुँदैन। संसदीय प्रणालीलाई संसदीय प्रणालीकै रूपमा रक्षा गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले जति सारो जनताको नाम लिइराखेको छ, त्यति जनतालाई परेको छैन जति कांग्रेसलाई परेको छ। कांग्रेसको सारोगाह्रोले गर्दा यस्तो भइराखेको छ।’

आइतबार संसद् भवनपरिसरमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नै नीति तथा कार्यक्रम पास गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै उनले समयको सीमाका  कारण पनि संसद् अधिवेशन अन्त्य गर्नु उपयुक्त रहेको प्रस्ट पारे।

‘यतिवेला हिउँदे अधिवेशन बन्द हुनै पर्थ्यो, बजेट अधिवेशन सुरु हुनैपर्छ। कम्तीमा १५ दिनको ग्याप राख्नैपर्छ। जेठ १५ गते त विनाअलमल बजेट प्रस्तुत गर्नुपर्छ। त्योभन्दा अगाडि नीति तथा कार्यक्रम पास गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने।