Skip This
खरानीको डल्लो फुट्नुबाहेक अर्काे विकल्प थिएन : ओली
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Tuesday, 11 August, 2026
२o८o चैत २३ शुक्रबार १७:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खरानीको डल्लो फुट्नुबाहेक अर्काे विकल्प थिएन : ओली

‘दक्षिणपन्थी गठबन्धन तोडेर बनाएको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउँछौँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार १७:५१:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै मिलेर एक्ल्याउने प्रयास गरे पनि एमालेले आफ्नो तागत देखाएको बताएका छन्। आन्तरिक र बाह्य दक्षिणपन्थी पुँजीवादी शक्तिहरू मिलेर हमला गरेको दाबी गर्दै उनले ती शक्ति खुसियाली मनाउन व्यस्त भइरहँदा एमालेले ती शक्तिलाई धक्का दिएको बताए।

पार्टीको कास्की जिल्ला कमिटीको नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीलाई अनेक प्रकारले सरकारबाट हटाइयो, पार्टी फुटाइयो, प्रयोग गर्न नहुने संस्थाहरूको प्रयोग गरियो, संविधानको अपव्याख्या भयो। हाम्राविरुद्ध, लोकतान्त्रिक प्रणालीको उपहास भयो, उपहास गर्दै हामीलाई एक्ल्याउनेदेखि प्रहार गर्ने काम भए,’ ओलीले भने।
  
एमालेलाई सिध्याउन दुनियाँ नै लागिपरे पनि आफ्नो पार्टी झन् मजबुत भएर अघि बढ्ने ओलीले बताए। 

कांग्रेससहितको गठबन्धनलाई आफूले ‘खरानीको डल्लो’ भनेको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ जे गरे पनि फुट्छ भनेको थिएँ। त्यो फुट्नेवाला थियो, हामीले केही गर्नुपर्दैन भनेर भन्दै आएको थिएँ। अन्तत: डल्लो फुट्नुबाहेक अर्को विकल्प थिएन।’

अहिले सत्तारूढ दलहरूले गठबन्धन नभई समीकरण बनाएको दोहोर्‍याउँदै उनले एमालेविरुद्धको दक्षिणपन्थी गठबन्धन तोडिएर राष्ट्रिय शक्ति निर्माण भएको दाबी गरे। उक्त शक्तिलाई निर्णायक तहमा पुर्‍याएर छाड्ने एमालेको अभियान रहेकाले चुनौतीहरूको सामना गर्दै समस्या समाधान गरेर अघि बढ्ने उनको भनाइ छ।

यसअघिको गठबन्धन दक्षिणपन्थी, निकम्मा र भ्रष्ट रहेको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसअघिको एमाले सरकार ढलेपछि देश ओरालो लागेको बताए। अहिलेको समीकरण बनाउन विदेशी शक्तिको हात नरहेको स्पष्टीकरण दिँदै उनले त्यसको जस–अपजस सबै आफूहरूले नै पाउनुपर्ने बताए।

विगतमा एउटै पार्टी बनाउनेसम्मको अवस्थामा पुगेको प्रचण्डसँगको सम्बन्ध बिग्रनु र अहिले पुनः जुट्नुको कारण उल्लेख गर्न नचाहेको बताउँदै ओलीले एकपटक फुट्दैमा सधैँ फुटिरहने वा एकपटक जुट्दैमा सधैँ जुटिरहने भन्ने नहुने प्रस्ट पारे।