१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ भदौ १ बुधबार २१:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारसँगको सहमति कार्यान्वयन गर्न विप्लव समूहको माग 

Read Time : < 1 मिनेट
२०७९ भदौ १ बुधबार २१:३३:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले २०७७ फागुन २१ गते नेपाल सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र पठाउँदै नेकपा खोटाङले ‘नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने’ सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको हो । 

सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्यलगायतका नेता कार्यकर्तालाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेकाले ज्ञापन-पत्र बुझाइएको नेकपाका खोटाङ सेक्रेटरी सञ्जीव लुङ्गेलीमगरले बताए । अदालतले जारी गरेको पक्राउ पुर्जी सरकार र नेकपाबीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जबर्जस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापन–पत्रमा उल्लेख छ । 

नेकपाले मुलुकमा भ्रष्टाचार र असिमित रूपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्नसमेत सरकारसमक्ष ज्ञापन-पत्रमार्फत माग गरेको छ । ज्ञापन–पत्रमा नेपालको सामरिक महत्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुत बनाउने उद्देश्यमा आधारित एमसिसी सम्झौता र एसपिपी परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, विगतमा भएका राष्ट्र हितविपरीतका असमान सन्धि तथा सम्झौताहरू तत्काल खारेज गर्नसमेत नेकपाले माग गरेको छ ।