रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । जिल्लाको सानीभेरी गाउँपालिका– ४ स्थित सानीभेरी नदीको बीचमा बनेको टापुमा बुधबार अन्दाजी २९–३० वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको टोलीले उक्त शव निकालेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी सोतीले बताए ।