१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार २१:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निहारिकालाई भेटेर के भने कानुनमन्त्री बन्दीले ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार २१:१०:००

न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई आज कानुनमन्त्री गोविन्द बन्दीले भेटेका छन् ।
उनी उपचाररत् रहेको काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर मन्त्री बन्दीले भेटेका हुन् । शुक्रबार राष्ट्रपतिनिवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका त्यसयता शिक्षण अस्पतालमा उपचाररत् छिन् । 

मन्त्री बन्दीले ८ साउनमा जनकपुर उच्च अदालतमा तोकिएको पेसीको क्रममा अदालतले डिएनए परीक्षणको आदेश दिने विश्वास दिलाउँदै अनशन तोड्न आग्रह गरेका थिए । 

आरोपित र बच्चाको डिएनए परीक्षण गराउन आवश्यक पहल गर्ने उनको भनाइ थियो । अन्य माग पूरा गर्न पनि सरकार संवेदनशील रहेको भन्दै उनले अनशन त्याग्न आग्रह गरेका थिए । 

जवाफमा निहारिकाले माग पूरा भएपछि मात्र अनशन तोड्ने बताएकी थिइन् । यसअघि पनि सरकारले आफूसँग पाँचबुँदे सहमति गरेको तर कार्यान्वयन नगरेको भन्दै माग पूरा भए मात्र अनशन तोड्ने उनको भनाइ थियो ।