मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २५ बुधबार १७:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाबाट तीनको मृत्यु, ८६८ नयाँ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १७:०४:००

कोरोना संक्रमण बढेसँगै मृत्युदरसमेत बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित तीनजनाले ज्यान गुमाएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा तीनजनाको मृत्यु भएको जानकारी दिइएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ । 
देशभर थप ८६८ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ६१४ पिसिआर परीक्षण गर्ना ४९६ र तीन हजार ९१ एन्टिजेन परीक्षण गर्दा ३७२ नयाँ संक्रमित फेला परेका हुन् । नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् । 
२४ घण्टामा कुल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।