मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २३ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेलाडीलाई पेन्सनको व्यवस्था गर्न कांग्रेस सांसद गुरुङको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १६:५o:oo

नेपाली कांग्रेसकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन्। सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेरहदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीलाई पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्।

सबै उमेर समूहका नागरिकका लागि खेल खेल्न आवश्यक व्यवस्था मिलाउन पनि उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन्। खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धिसमेत हुने तथा नागरिक पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

‘खेलकुद युवाहरूको मात्र विषय होइन। बालबालिकादेखि युवा, वृद्ध सबै उमेरका मानिस आफ्नो उमेर, अवस्थाअनुसार खेलकुदमा सहभागी हुन्छन्। यस अर्थमा खेलकुदप्रतिको आकर्षण बढाउनुपर्दछ। खेलमैदानहरू र खेलका साधन व्यापक बनाउनुपर्दछ। खेलाडीको सम्मान गरी उनीहरूको हौसला बढाउनुपर्दछ। सबै उमेर र समूहको आधारमा विभिन्न स्तरमा खेलकुदको प्रतियोगिताको आयोजना गरिनुपर्दछ। खेलाडीहरूलाई पेन्सन दिने व्यवस्था गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भनिन्।