१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १८:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विभिन्न मुलुकका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १८:४९:००

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएका विभिन्न मुलुकका मुद्रासहित एक भारतीय नागिरकलाई पक्राउ गरेको छ ।  विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी टोलीले ४३ वर्षीय अंकुर घनश्याभाई पटेललाई पक्राउ गरेको हो ।  उनको साथबाट प्रहरीले तीन हजार ६ सय अमेरिकी डलर, दुई हजार एक सय ३० पाउन्ड स्ट्रलिङ, तीन हजार चार सय युरो, चार हजार चार सय ६५ दिराम र चार हजार ६ सय ५० केन्या सिलिङ बरामद गरेको प्रहरीले  जनाएको छ ।  

पक्राउ परेका पटेल विमानस्थल हुँदै दुबई जान लागेका थिए । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।