मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Thursday, 18 September, 2025
२o७९ श्रावण २० शुक्रबार १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘जुनसँग पनि मिल्ने सिद्धान्त दूषित कुरा हो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १९:३o:oo

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरू जनताको विरुद्धमा गएको आरोप लगाएका छन्। शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले अहिलेको सरकार वामपन्थीहरू तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए। उनले राजनीतिक पार्टीहरू चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए। अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए। 

‘जनताको आदेशलाई उल्लंघन गरेर यी राजनीतिक पार्टीहरूले कांग्रेससँग पनि मिल्ने, राप्रपासँग पनि मिल्ने, जुनसँग पनि मिल्ने यो सिद्धान्त दूषित कुरा हो,’ बिजुक्छेले भने, ‘यसले देशलाई अघि लैजाँदैन।  यो गलत हो। त्यसकारण घोषणापत्र पहिला बनाएर त्यही आधारमा चुनाव लड्नुपर्छ। जनताले मत दिएपछि घोषणापत्रअनुसार काम गर्नुपर्छ।’