मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आहारा नहुँदा बाघ बस्ती पस्यो : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ११:१५:००

प्रधानमन्त्री शेरबहादुर देउवाले जंगलमा उचित आहारा नहुँदा बाघ मानव बस्तीमा पसेको बताए।  बाघका लागि आहारा बढाउनुपर्नेमा उनले जोड दिए । शुक्रबार बाघको संख्या सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणले पर्यटनको प्रवर्द्धन गर्न सकिने बताए।

बाघ संरक्षणले आर्थिक वृद्धिमा टेवा पुग्ने दाबी गरे। उनले नेपाल बाघ संरक्षणमा अगाडि भएको भन्दै सन् २०१० को महत्वाकांक्षी लक्ष्य पूरा भएको  उल्लेख गरे। मानव र  वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि उचित कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरे । 

सहअस्तित्व कायम राख्न, वासस्थान व्यवस्थापन र स्थानीय जनताको जीविकोपार्जन गर्नुपर्ने दायित्व सरकारको भएकाले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारको ध्यान रहेको उल्लेख गरे ।