मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ११ बुधबार १९:५३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ह्वावे क्लाउड अपरेटरहरूलाई कनेक्टिभिटीका फाइदाहरू उपलब्ध गराउँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार १९:५३:oo

ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले अपरेटर क्लाउड रूपान्तरणको लागि कम्पनीको नयाँ योजनाहरूको बारेमा बताएका छन् । चीनको सेन्जेनमा आयोजित ह्वावे इनोभेसन विकको अवसरमा क्यारियर क्लाउड ट्रान्सफर्मेसन समिटमा उनले नेटवर्क भ्यालु वृद्धि गर्न, सेवा इनोभेसनलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू प्राप्त गर्न टेलिकम सञ्चालनलाई अप्टिमाइज गर्न मद्दत गरेर यी परिवर्तनहरूलाई समर्थन गर्न ह्वावे उत्साहित भएको बताए । क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्वपूर्ण भाग बनिरहेको र यसको व्यक्तिगत उद्योगको आर्थिक संरचना र बजार परिदृश्य पुनः आकार दिने क्षमताको कारण अब एक प्रमुख आर्थिक कारक मानिने उनले बताए । 

दूरसञ्चार उद्योगले क्लाउड रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिसकेकाले यसले धेरै नयाँ अवसर र चुनौतीहरू ल्याएको उनको भनाइ थियो । १५ प्रतिशत अपरेटरहरूले २०२३ को अन्त्यसम्ममा व्यापक क्लाउड रणनीति विकास र पूर्ण रूपमा लागू गर्ने अपेक्षा गरिएकाले दूरसञ्चार क्लाउड सयौँ बिलियन डलरको बजार हुने उनको भनाइ थियो । 
अपरेटरहरूको क्लाउड रूपान्तरण सञ्चार प्रविधि ‘सिटी’ मा आधारित हुनुपर्ने र अपरेटरहरूले दूरसञ्चार उद्योगको अद्वितीय शक्ति र क्लाउड रूपान्तरणको फाइदा लिँदै आफ्नो नेटवर्क र सेवाहरूको भ्यालु बढाउने  विश्वास पेंगले व्यक्त गरे । 
अवसरहरू सदुपयोग गर्न सञ्चालकहरूले तीन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए । पेंगका  अनुसार पहिलो, नेटवर्क भ्यालुको सन्दर्भमा अपरेटरहरूले क्लाउडसँग नेटवर्क सीमाहरू विस्तार गर्न र ‘बिटुबी’ बजारमा नेटवर्क भ्यालु सुधार गर्न आवश्यक रहेको उनले बताए । दोस्रो, डिजिटल इनोभेसनको सन्दर्भमा, अपरेटरहरूले डिजिटल सेवा इनोभेसनको लागि क्लाउड प्लेटफर्महरू निर्माण गर्नुपर्ने छ । टेलिकम सेवा र डिजिटल सेवाहरूलाई जोड्ने कोल्याबोरेटिभ क्लाउड प्लेटफर्महरूले इनोभेसनलाई थप गति दिने पेंगको भनाइ छ । तेस्रो, दूरसञ्चार सञ्चालनको सन्दर्भमा अपरेटरहरूले आफ्नो प्राथमिक व्यवसायको दिगो विकासलाई समर्थन गर्न टेलिकम उद्योगका लागि विशेष रूपमा डिजाइन गरिएको पूर्वएकीकृत क्लाउड सोलुसनहरू प्रयोग गर्न आवश्यक रहेको पेंगले बताए ।  

पेंगले आफ्नो मन्तव्यमा क्लाउड रूपान्तरणमा सफल हुन र ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउनका लागि अपरेटरहरूले दूरसञ्चार उद्योगलाई गहिरिएर बुझ्ने र दूरसञ्चारको शक्तिको प्रयोग गर्न जान्नेहरूसँग रणनीतिक साझेदारी स्थापना गर्नुपर्ने  बताए ।  ‘विन–विन ह्वावे इनोभेसन विक’ जुलाई १८ देखि जुलाई २१ सम्म सेन्जेन, चीनमा आयोजना गरिएको थियो ।