काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनका चालकहरूले लागुऔषध सेवन जाँच सुरु गरेको छ।
लागुऔषध सेवन गरेर सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको हो।
लागुऔषध सेवन जाँच अभियान निरन्तर सञ्चालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।