१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार ०७:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फाको कार्यसमिति बैठक फेरि स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार ०७:५९:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक फेरि स्थगित भएको छ । एन्फाले बिहीबार बिहान कार्यसमिति बैठक डाकेको थियो । बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको जनाइएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र अन्य पदाधिकारीबीच एजेन्डामा असहमति भएपछि बैठक स्थगित गरिएको हो ।

अध्यक्ष नेम्बाङले उपस्थित सबैै पदाधिकारीलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएका थिए । तर, एन्फाका पूर्वअध्यक्ष गणेश थापानिकट पदाधिकारीले हाजिरी गर्न नमानेपछि अध्यक्ष नेम्बाङले बैठक स्थगित गरे । 

असारको दोस्रो सातामा एन्फाको पहिलो बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेलाई नियुक्त गरेको थियो । बैठकमा सहभागी अधिकांश पदाधिकारीले अघिल्लो बैठकमा पाँडेलाई बर्खास्त गर्न माग राखेका थिए । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित एन्फा केन्द्रीय समितिका १२ जनाले पाँडेलाई हटाउनुपर्ने निवेदन दर्ता गराएका छन् । बैठकमा विभिन्न १८ वटा एजेन्डामा छलफल हुने तय भएको थियो ।