१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३१ शुक्रबार
  • Wednesday, 26 June, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ असार ३१ शुक्रबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारी सुविधा नलिने भनेका गाउँपालिका अध्यक्ष सरकारी गाडी थन्क्याएर भाडाको महँगाे गाडी चढ्छन्

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ असार ३१ शुक्रबार o९:o१:oo

चार वर्षदेखि प्रयोगमा रहेको सरकारी गाडी थन्क्याएर त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले निजी गाडी चढ्ने गरेको पाइएको छ । उनले चढ्ने बा.१५च ६३१२ नम्बरको स्कार्पियो गाउँपालिकाले भाडामा राखेको हो । सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सचिवसमेत रहेका बोहोराले चुनावी अभियानमा कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए । आफ्नो प्रतिबद्धताविपरीत महँगो भाडा तिरेर राज्यकोषको दोहन भएकाले मतदाता निराश भएका छन् । 

बोहोराले चढेको स्कार्पियो भर्खरै खरिद गरिएको हो । कांग्रेस कार्यकर्ताको नाममा रहेको उक्त गाडीलाई गाउँपालिकाबाट महँगो भाडा उपलब्ध हुन्छ । स्कार्पियोे प्रयोग गरेबापत पालिकाबाट मासिक एक लाख ५० हजार भाडा तिर्ने गरी सम्झौता हुने क्रममा रहेको बुझिएको छ । इन्धन र मर्मत खर्चको बिल पनि महिनापिच्छे गाउँपालिकाले तिर्छ । सरकारी गाडी बिग्रेकाले भाडाको स्कार्पियो  चढेको अध्यक्ष बोहोराले बताए । नयाँ गाडी किन्न सरकारले रोक लगाएकाले भाडाको गाडी चढ्नुपरेको उनले दाबी गरे । ‘गाडी किन्ने मेरो हैसियत छैन । सरकारले किन्न दिँदैन म के गरुँ ?’ उनले भने । 

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलसँग कुरा गर्दा अध्यक्ष मात्रै नभई उपाध्यक्ष गीता नेपाल चढ्ने गाडी पनि भाडाकै रहेको जानकारी आयो । तर, कुइँकेलले प्रस्ट जवाफ दिन आनाकानी गरेपछि पालिकाको प्रवक्ता रमेश बोहोरासँग नयाँ पत्रिकाले कुराकानी गरेको हो । नेपालले चढ्ने बोलेरोको मासिक भाडा एक लाख रहेको छ । बोलेरो गाडी अघिल्लो सरकारकै पालादेखि भाडामा रहेको पाइएको छ ।

प्रवक्ता बोहोराले एक स्कार्पिओ र एक बोलेरो गाडी भाडामा लिएको बताए । पहिलो सरकारले खरिद गरेको सरकारी गाडी बिग्रेकोले दुईवटा गाडी भाडामा लिनुपरेको बताए । ‘दुई–दुईपटक बनाइयो । थोत्रो भएकाले गाडीले राम्रो काम गरेन । त्यसैले भाडामा गाडी प्रयोग गरेका हौँ,’ उनले भने । सरकारी गाडी महिना दिनअघि सात लाख खर्च गरेर इन्जिनसहित मर्मत गरिएको थियो । सरकारी गाडी अरनिको राजमार्गस्थित ड्यामसाइटमा अलपत्र छोडिएको छ । सरकारी गाडी पुरानो भएको बहानामा निजी गाडी चढेर सरकारी कोषबाट महँगो भाडा असुलेकोमा स्थानीयले विरोध जनाएका छन् । 
 

ad
ad
ad
ad