मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Saturday, 12 July, 2025
समाचार डिजिटल संस्करण

जसपाको कार्यकारिणी समिति बैठक वीरगन्जमा सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार १६:३२:oo

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगन्जमा सुरु भएको छ। निर्धारित समयभन्दा चार घन्टा ढिलो गरी होटेल पुजनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको हो।

बैठकमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, कार्यकारिणी समिति सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रसिंह यादवसहित २० जना सहभागी रहेका कार्यकारिणी समिति सदस्य मनीष सुमनले जानकारी दिए।

आन्तरिक विवाद व्यवस्थापन र अधिकारको बाँडफाँडका विषयमा विवाद बढ्दा जसपा फुटको संघारमा पुगेको छ। विवादबीच आज भट्टराई पक्षले काठमाडौंमा केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बोलाएको थियो भने यादव पक्षकाे कार्यकारिणी समिति बैठक वीरगन्जमा सुरु भएकाे हाे।