मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Thursday, 19 December, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २७ सोमबार १६:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अधोगतिमा ब्रेक नलागे देश श्रीलंकाभन्दा तल पुग्न सक्छ : अध्यक्ष ओली  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १६:१९:oo

एमाले अध्यक्ष केपी ओलीले देश श्रीलंकाको अवस्थामा पुग्ने लक्षण देखिएकाले सबैजना सतर्क हुनुपर्ने अवस्था आएको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले देश श्रीलंकाको अवस्थामा पुग्ने लक्षण देखिएको बताएका हुन्।

अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरणजस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको ओलीले दाबी गरे।

‘बजेट निर्माणमा अनाडी मान्छेहरू संलग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत त्यसभित्र लाभको हिसाबकिताब, जोडघटाउअन्तर्गत करका दर, अन्तःशल्क छुट दिने कुराहरूसँग सम्बन्धित भएर अनधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई, अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी, अवाञ्छित तत्वहरूको हात घुसाउने काम गराइयो,’ ओलीले भने, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको टेको यसले विषय त्यति सहज छैन भन्ने देखाउँछ। यसको प्रभाव कम्तीमा श्रीलंकमा पुग्ने लक्षण देखिँदै छ। त्योभन्दा अघि बढ्न बेर लाग्दैन। अधोगतिमा ब्रेक नलगाइए श्रीलंकामा पुग्न सक्छ, त्योभन्दा तल खस्न सक्छ। त्यसकारण सतर्क हुनुपर्ने देख्छु।’