मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Thursday, 19 December, 2024
कञ्चनपुर उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारीहरु 
मोहन विष्ट कञ्चनपुर
२o७९ असार २६ आइतबार १७:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पीताम्बर जोशी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार १७:२६:oo

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पीताम्बर जोशी निर्वाचित भएका छन्। वाणिज्य संघको १७औँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा पीताम्बर निर्वाचित भएका हुन्।

आफ्ना निकटतम् प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई ५५८ मतान्तरले हराउँदै पीताम्बर निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले आइतबार दिउँसो मत परिमाण घोषणा गर्दै अध्यक्ष पदका प्रतिस्पर्धी पीताम्बरले एक हजार २९९ र गणेशदत्त जोशीले ७८३ मत ल्याएको जानकारी दिए। संघको नयाँ अध्यक्षमा निर्वाचित भएका पीताम्बर यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने पराजित भएका गणेश अध्यक्ष भइसकेका व्यक्ति हुन्।

संघको उपाध्यक्षमा धर्मसिंह रावल निर्वाचित भएका छन्। रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वी वासुदेव जोशीलाई २७० मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन्। रावलले ७५८ र जोशीले ४८८ मत ल्याएका छन्।

महासचिवमा निर्मला भट्ट (सापकोटा)लाई ४०१ मत अन्तरले हराउँदै खगेश्वरप्रसाद बोहरा निर्वाचित भएका छन्। बोहराले एक हजार २०१ र भट्टले ८०० मत ल्याएकी थिइन्। निर्वाचित दुवै पदाधिकारी अध्यक्ष पीताम्बर प्यानलकै हुन्। 

संस्थापक सदस्य, खुला सदस्य र चार पदाधिकारी यसअघि नै निर्विरोध चयन भइसकेका छन्। निर्विरोध भएका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी पनि पनि पीताम्बर प्यानलकै हुन्।

यसैगरी, संस्थापक सदस्यतर्फ नेपाल औषधि व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुढा निर्वाचित भएका छन्। कुल तीन हजार २३६ मतदातामध्ये दुई हजार १८४ मत खसेको थियो।