१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २३ बिहीबार १७:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जंगी अड्डामा सीमा सुरक्षा र व्यवस्थापनबारे सेमिनार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १७:१५:oo

नेपाली सेनाले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनबारे जंगी अड्डामा दुईदिने (बुधबार र बिहीबार) सेमिनार आयोजना गरेको छ। नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू विषयमा सुरक्षा अधिकारी र विज्ञले धारणा राखेका थिए।

समापनलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले सीमा सुरक्षाको विषयलाई सेनाले राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग जोडेर अध्ययन अनुसन्धान गर्दै आएको बताए। ‘जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प छैन,’ प्रधान सेनापति शर्माले भने, ‘सबै सम्बद्ध निकायहरूबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य छ।’

सेमिनारमा रक्षासचिव किरणराज शर्माले सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरण गर्न सबै निकायबीच समन्वय र सहकार्य जरुरी रहेको बताए। उनले आगामी दिनमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीतिअन्तर्गत आवश्यक कदम अघि सारिएको बताए।

सेमिनारमा नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्था; सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरू; नेपालको अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि र सोको निराकरणका उपायहरू; सीमा सुरक्षामा नेपाली सेनाको जिम्मेवारी तथा एकीकृत सीमा सुरक्षा अवधारणाको आवश्यकताबारे छलफल भएको थियो। सैनिक मुख्यालयका अनुसार सेमिनारमा सीमा सुरक्षा तथा व्यवस्थापनमा राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी एवं भूमिका र सीमा सुरक्षामा दीर्घकालीन रूपमा खलल पुर्याउने विषय तथा नियन्त्रणका उपायहरू; राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्यदिशा; नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहल र आगामी कार्य योजना; नेपालको अन्तर्राष्ट्रिय सिमानाको सीमांकनसम्बन्धी प्राविधिक पक्षलगायतका विषयहरूमा प्रस्तुतीकरण भएको थियो।

‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका चुनौतीहरू पहिचान गर्न, नेपालको अन्तर्राष्ट्रिय सीमामा हुने गरेका विभिन्न अवैध गतिविधिहरू नियन्त्रण गर्न तथा सीमा सुरक्षाका लागि नवीनतम योजनाहरू तयार गरी कार्यान्वयनमा ल्याउन यस प्रकारका सेमिनारहरू प्रभावकारी सावित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ad
ad
ad
ad