मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २० सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २० सोमबार २o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ करोड बढी विदेशी मुद्रा अपचलनको अभियोगमा पौडेलविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २० सोमबार २o:१२:oo

राजस्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुस्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो।

पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ । विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानुनी क्रियाकलाप गरेको पाइएकाले रु आठ करोड २३ लाख २६ हजार ८०६ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाएको छ।