मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १७ शुक्रबार २०:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवा कांग्रेसको नभई गठबन्धनको सभापति बनेको शेखर पक्षको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १७ शुक्रबार २०:२२:००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै बैठकमा सहभागी नेता एवं पार्टी केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताए । 

बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमाथि छलफल भएको केन्द्रीय सदस्य पोखरेलले बताए । सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासनसम्बन्धी गरेका राजनीतिक प्रतिबद्धता पूरा गर्न नसकेको पनि उनले बताए । ‘अहिले नेपाली कांग्रेसको भन्दा पनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ । उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरूको सभापति हुँ भन्ने अनुभूति दिलाउन सकिरहनुभएको छैन,’ उनले भने, ‘यसविरुद्ध हामी हरेक प्रदेश, पालिका, सबैतिर परिचालन गरी कांग्रेसलाई बलियो बनाउने, पार्टी विधानअनुरूप चलोस् भनेर दबाब दिने कुरामा छाैँ ।’

केन्द्रीय सदस्य पोखरेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायत प्रधानमन्त्रीमातहतबाट हटाउने प्रतिबद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निष्कर्ष निकालेको केन्द्रीय सदस्य पोखरेलले बताए । उनले सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको दाबीसमेत गरे।