१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डिस्कोमा कुटपिट गर्ने काभ्रेली समूहका ‘कुले’लाई ज्यान मार्ने उद्योग मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:३९:oo

पक्राउ परेका कुलेलाई ०७२ सालमा तत्कालीन महानगरीय अपराध महाशाखाले सुन लुटपाटमा पक्राउ गरी मुद्दा चलाएको थियो

दुई साताअघि दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गर्ने काभ्रेली समूहका कुलध्वज लामा ‘कुले’लाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ ।  यसअघि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भएकोमा घटना गम्भीर प्रकृतिको भएको भन्दै प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन लागेको हो ।

बालुवाटारका प्रतीक भास्कर सिंहमाथि लामासहितका व्यक्तिले डिस्कोभित्र कुटपिट गरी हत्या प्रयास गरेका थिए । उनको टाउकोमा समेत गम्भीर चोट लागेको छ । घटनामा संलग्न उनका सहयोगी विशाल तामाङ, सञ्जय लामा, डलर तामाङलगायत व्यक्तिको खोजी भइरहेको प्रहरी अधिकारी बताउँछन् । घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको दरबारमार्ग वृत्तका डिएसपी विश्वराज खड्काले बताए ।

मुद्दालाई कमजोर बनाई आरोपीलाई छाड्न विभिन्न ठाउँबाट दबाब आइरहेको दरबारमार्ग प्रहरी स्रोत बताउँछ । कुले समूह यसअघि सुन र डलर लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाइ छ । 

पक्राउ परेका कुलेलाई ०७२ सालमा तत्कालीन महानगरीय अपराध महाशाखाले सुन लुटपाटमा पक्राउ गरी मुद्दा चलाएको थियो । अहिले पनि उनी गुन्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकारी बताउँछन् ।

ad
ad