१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Thursday, 03 July, 2025
२o७९ असार १५ बुधबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारमा आर्थिक अभाव भएकी बालिकालाई कांग्रेस वरिष्ठ नेता पौडेलको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १४:o२:oo

व्यास नगरपालिका– ११ शेरानिवासी चार वर्षीया बालिका युविना थापामगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन्।  

बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले बुधबार दश हजार आर्थिक सहयोग गरेका हुन् । पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाएका हुन् । 

नेपाली कांग्रेसका युवा नेता देव रसाइलीमार्फत पौडेलले ती बालिकाकाे परिवारलाई रकम पठाएका हुन् । वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा यही असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ। 

बालिकाको उपचारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबि बैंक लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ । -  रासस