१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ६ सोमबार
  • Saturday, 05 July, 2025
२o७९ असार ६ सोमबार १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस सिराहामा एमाले–जसपा गठबन्धन विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ६ सोमबार १५:५७:oo

जिल्ला समन्वय समिति सिराहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेशकुमार महतो र उपप्रमुखमा एमालेका दिलीपकुमार लामा विजयी भएका हुन्।

प्रमुखमा महतोले २६ मत प्राप्त गर्दा उपप्रमुखमा लामाले २५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखका उम्मेदवार कांग्रेसका मनोजकुमार गुप्ता तथा उपप्रमुखमा एकीकृत समाजवादीका राजेशकुमार यादवले समान सात मत प्राप्त गरेका छन्।

जिल्लामा ३४ मध्ये ३३ मत खसेको छ। लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी (नेपाली कांग्रेस) मतदानमा सहभागी भएनन्। नौ सदस्य जिल्ला समन्वय समितिको सदस्यमा एमालेकी गीताकुमारी पासवान, सोनावतीकुमारी महरा, रवीन्द्रकुमार महतो र सूर्यनाथ यादव निर्वाचित भएका छन्।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट जानकीकुमारी यादव, शोभाकुमारी यादव र सुरेशकुमार यादव सदस्य निर्वाचित भएका छन्। सिराहाका १७ स्थानीय तहको ३४ मतमध्ये एमालेसँग १५, जसपासँग १०, कांग्रेससँग ६, माओवादी केन्द्रसँग दुई र नेकपा एससँग एक मत रहेको थियो।