१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २ बिहीबार
  • Friday, 04 July, 2025
२o७९ असार २ बिहीबार ११:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा स्थानीय तहका २८ उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २ बिहीबार ११:११:oo

रसुवामा स्थानीय तहको निर्वाचनमा भाग लिएका २८ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये २८ जनाले मात्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाएका हुन्।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ। सोहीअनुरूप जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारलाई आग्रह गरेको थियो।

जिल्लामा वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा चार सय ६५ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचन सम्पन्न भएको एक महिला पुग्दा हालसम्म २८ उम्मेदवारले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।

नेसनल मंगोल अर्गनाइजेसनबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका एक र बाँकी वडासदस्यले निर्वाचन खर्च विवरण बुझाएका हुन्। थापाका अनुसार पालिका अध्यक्षमा उम्मेदवारी दिएका व्यक्तिले ३३ हजार दुई सय खर्च गरेको विवरण बुझाएका छन्। त्यसैगरी, वडासदस्यमा उम्मेदवारी दिएकाहरूले तीन हजार दुई सयदेखि एक लाख ५० हजारसम्म खर्च गरेको विवरण बुझाएका छन्। स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षले तीन लाख ५० हजार, वडाध्यक्ष र वडासदस्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको थियो।

जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट उम्मेदवार बनेकाहरूले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम जेठ ३ मा आएको थियो। ‘अन्तिम परिणामको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ। जिल्लामा निर्वाचन अन्तिम मतपरिणाम जेठ ३ गते आएको थियो,’ निर्वाचन अधिकारी थापाले भने, ‘खर्च विवरण बुझाउन हामीले स्थानीय तहहरूमा पनि जानकारी गराएका छौँ। खर्च विवरण आउने क्रममा छ, सबैको आएको छैन।’