मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २५ बुधबार १९:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस दाङमा कांग्रेस र माओवादी केन्द्रको मात्रै उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
२०७९ जेठ २५ बुधबार १९:५६:००

जिल्ला समन्वय समिति (जिसस) दाङमा गठबन्धनका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा गठबन्धनका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका हुन् । 

जिसस प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी परेको छ । उनी राप्ती गाउँपालिका–७ वडा नम्बरबाट वडा सदस्यमा निर्वाचित भएका थिए । 

उपप्रमुखमा कांग्रेसका चेतना चौधरीको उम्मेदवारी परेको छ । खुला सदस्यमा कांग्रेसबाट कुलबहादुर बुढा, महिला सदस्यमा हरिदेवी पोख्रेल, दलित महिला सदस्यमा सरस्वती नेपाली, महिला सदस्यमा जुनकुमारी बुढा  र कल्पना सेर्पाइलीको उम्मेदवारी परेको छ । 

माओवादी केन्द्रका तर्फबाट खुला सदस्यमा टोपाराम चौधरी र दुर्पती चौधरीको उम्मेदवारी परेको छ । 

जिल्ला समन्वय समितिको आगामी २९ जेठमा निर्वाचनको मिति तोकिएको छ । सोहीअनुसार बुधबार उम्मेदवारी दर्ताका लागि मिति तय गरिएको भए पनि अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी दर्ता भएको छैन ।