१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २५ बुधबार o८:२१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गाडीको डिकीबाट चार करोड बरामद, चार चिनियाँ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार o८:२१:oo

नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडीको डिकीबाट प्रहरीले करिब चार करोड रुपैयाँ बरामद गरेको छ । लामो समयदेखि नेपालमा बस्दै आएका चिनियाँले स्रोत नखुलेको सो पैसा ओसारपसार गरेका थिए । 

मंगलबार बिहान ९ बजे नागढुंगामा नियमित चेकजाँचका क्रममा गाडीको डिकीमा प्लास्टिकको बोराभित्र लुकाएको अवस्थामा तीन करोड ९८ लाख १३ हजार सात सय २० रुपैयाँ बरामद भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए । गाडीमा सवार चार चिनियाँ र नेपाली चालकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । गाडी चालक नुवाकोटका फूलबहादुर गुरुङ हुन् ।

बरामद रकम आपराधिक गतिविधिबापतको हुन सक्ने प्रहरी आकलन छ । प्रारम्भिक सोधपुछमा उनीहरूले पैसाको स्रोत खुलाउन सकेका छैनन् । विस्तृत अनुसन्धान हुँदा यसमा ठूलै गिरोह पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूलाई १४ दिन थुनामा राख्ने म्याद अदालतबाट लिएको छ । उनीहरूको कार पनि प्रहरीले विभागमा बुझाएको छ । विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न चिनियाँ नेपालमा पक्राउ पर्दै आएका छन् ।