मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २५ बुधबार o७:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाडलक्षित  प्रशिक्षण आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार o७:५५:oo

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले विशेष प्रशिक्षणको मंगलबाल राखेपको कभर्डहलमा उद्घाटन गरे । सदस्यसचिव घिसिङले सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामग्री पनि हस्तान्तरण गरेका छन् । 

खेलाडीको क्षमता र कौशल अभिवृद्धि गर्नुका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धि हासिल गर्न प्रशिक्षणको सुरुवात गरिएको हो । प्रशिक्षणमा विभिन्न २३ खेलका पाँच सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी पाँच सय ८० जना समावेश हुनेछन् । खेलाडीमा दुई सय ३० पुरुष र दुई सय ८४ महिला छन् । नेपालले एसियाडमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाई थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबुलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङमा सहभागिता जनाउनेछन् । यी खेलका खेलाडीहरूको प्रारम्भिक छनोट प्रतियोगिता भइसकेको छ ।

पहिलो चरणको विशेष प्रशिक्षण २३ असारसम्म हुनेछ । २४ देखि २७ असारसम्म दोस्रो चरणको छनोटसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरू पनि परिचालन गरिनेछ । राखेपका सदस्यसचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरु गरिएको बताए । ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको उनले बताए । एसियाली खेलकुद मात्र नभई प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगितको तयारीलाई पनि सहज हुने बताउँदै सदस्यसचिव घिसिङले खेलाडीहरूकै उपलब्धिका कारण खेलकुदका निकाय मात्र नभई सिंगो राज्यले गर्व महसुस गर्ने वातारण बनेको जनाए । 

प्रशिक्षकका तर्फबाट भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेलले प्रशिक्षणले निरन्तर रूपमा निरन्तरता पाउनुपर्नेमा जोड दिए । १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केही दिनुपर्छ भन्ने जोस खेलाडीमा पनि भएकाले प्रशिक्षण सुरु भएकोमा खुसी जनाइन् ।