Skip This
पोर्चुगल र  स्पेन  बराबरी, नर्वे र स्विडेन विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
सेभिल्ला
२o८१ बैशाख २७ बिहीबार o८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोर्चुगल र  स्पेन  बराबरी, नर्वे र स्विडेन विजयी

Read Time : > 1 मिनेट
सेभिल्ला
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:१९:oo

स्पेन र पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा बिहीबार राति १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटा तथा पोर्चुगलका लागि रिकार्डो होर्टाले एक–एक गोल गरेका थिए । समूह एमा स्पेन र पोर्चुगलले एक–एक अंक बटुलेका छन् । पोर्चुगलका लागि होर्टाले आठ वर्षपछि राष्ट्रिय टोलीमा स्थान बनाउँदै स्पेनविरुद्ध बराबरी गोल फर्काएका थिए । 

सन् २०१४ पछि पोर्चुगाली राष्ट्रिय जर्सीमा देखिएका होर्टाले खेलको ८२औँ मिनेटमा १–१ को बराबरी गोल गरेका हुन् । उनले जाओ कान्सेलोको क्रसमा सटीक गोल गरे । पछिल्लो पाँच अन्तर्राष्ट्रिय खेलमा पोर्चुगल र स्पेनले एक–आपसमा भिड्दा बराबरी नतिजा नै निकालेका छन् । 

स्पेनका कार्लोस सोलेर तथा पोर्चुगलका स्ट्राइकर राफेल लिआयोले खेलमा एक–एक गोलको अवसर चुकाए । खेलको २५औँ मिनेटमा स्पेनका मोर्टाले १–० को अग्रता दिलाए । सन् २०१९ मा युइएफए नेसन्स लिग जितेको पोर्चुगलले नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मात्र उतारेको थियो । यद्यपि, रोनाल्डोको आगमनमा पनि पोर्चुगलले स्पेनको दबाब छिचोल्न सकेन । होर्टाले करिअरकै पहिलो अन्तर्राष्ट्रिय गोलको सहयोगमा पोर्चुगललाई अंक दिलाए ।  

यसै समूहमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २–१ ले हराएको छ । यो नतिजासँगै चेक समूहको शीर्ष स्थानमा रहँदा तीन अंक जोड्यो । पोर्चुगल दोस्रो र स्पेन तेस्रो स्थानमा छन् । स्विट्जरल्यान्ड अंकविहीन छ ।

नर्वे र स्विडेन विजयी

प्रतियोगिताको अर्को खेलमा नर्वेले सर्बियामाथि १–० को कठिन जित निकालेको छ । अर्को खेलमा स्विडेनले स्लोभेनियालाई २–० ले हरायो । बिहीबार राति सम्पन्न अर्को खेलमा ग्रिसले उत्तरी आयरल्यान्डलाई १–० को झिनो अन्तरले पाखा लगाएको छ । इस्टोनियाले सानमारियामाथि २–० को जित निकाल्यो । नर्वेको जितमा हालान्डले खेलको २६औँ मिनेटमा एक मात्र गोल गरेका थिए । उनले पेड्रेसनको क्रसमा गोल गरेका हुन् । समूह एचमा स्विडेन र नर्वेले समान दुई खेलबाट तीन अंक जोडेका छन् । गोलअन्तरमा स्विडेन शीर्ष स्थानमा छ । 

नर्वे दोस्रो स्थानमा छ । सबिया र स्लोभेनिया अंकविहीन छन् । स्विडेनले स्लोभेनियालाई २–० ले हराउँदा फोर्सबर्गले खेलको ३९औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए । खेलको ८८औँ मिनेटमा कुलुसेस्कीले एक गोल थपे । प्रतिस्पर्धामा स्विडेनको तुलनामा स्लोभेनियाको बल पोसेसन राम्रो थियो । स्लोभेनियाले खेलमा ५४ तथा स्विडेनले ४६ प्रतिशत बल नियन्त्रणमा राखेका थिए । 

युक्रेनले विश्वकपमा पुग्न वेल्ससँग भिड्ने 
यसै वर्षको नोभेम्बर–डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन युक्रेनले अन्तिम प्ले अफमा वेल्सको सामना गर्ने भएको छ । युरोपियन प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३–१ ले हराउँदै वेल्सविरुद्धको भिडन्त तयार पारेको हो । युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको हो । ५ जुनमा युक्रेन र वेल्सबीचको विजेता टोलीले कतार विश्वकपको ह्याट्रिक पक्का गर्नेछ । युक्रनेलाई यर्मोलेन्कोले खेलको ३३औँ मिनेटमा अग्रता दिलाएका थिए ।

खेलको ४९ मिनेटमा यरेचुकले युक्रेनलाई २–० को अग्रता दिलाए । खेलको ७९ मिनेटमा म्याकगेगोरले स्कटल्यान्डलाई २–१ को स्थितिमा ल्याए । दोस्रो हाफको अन्तिम इन्जुरी टाइममा डोभवेकले युक्रेनलाई ३–१ को जित दिलाए । रसियासँग चलिरहेको युद्धका कारण युक्रेन र स्कटल्यान्डबीचको खेल दुई महिना पछि सारिएको हो । ग्लास्गो मैदानमा युक्रेनलाई समर्थन गर्न ३५ सय दर्शक थिए ।  

ad
ad