मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबिचको खेल वर्षा कारण रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायमास ओभल क्रिकेट मैदानमा केहीबेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो । नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।
नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।