१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
एजेन्सी म्याड्रिड
२o८१ जेठ ७ सोमबार o८:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रामोस १८ वर्षपछि पुरानै क्लब सेभिल्लामा

Read Time : < 1 मिनेट
एजेन्सी, म्याड्रिड
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:१३:oo

स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वडिफेन्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिल्लामा फर्किएका छन् । १८ वर्षपछि उनी सेभिल्लामा आबद्ध भएका हुन् ।

पेरिस जेन्ट जर्मेन (पिएसजी)बाट फ्री ट्रान्सफरमा उनी स्पेनिस क्लबमा पुनः आबद्ध भएका हुन् । ३७ वर्षीय रामोसले एक वर्षको सम्झौता गरेका छन् । ‘मेरो लागि यो विशेष दिन हो,’ रामोसले भने, ‘म सधैँ घरमै खेल्न मन पराउँछु ।’ रामोसले फुटबल करिअरमा दुईपटक युरोपियन च्याम्पियन्स तथा फिफा विश्वकप जितेका छन् । उनले स्पेनबाट १६ वर्षको अन्तर्राष्ट्रिय करिअरमा एक सय ८० खेल खेलेका छन् । क्लबस्तरीयमा उनले रियल म्याड्रिडबाट चारपटक च्याम्पियन्स ट्रफी उचाले । 

सात वर्षको रहँदा उनले सेभिल्लाबाट प्रशिक्षण लिएका थिए । सन् २००५ मा उनी सेभिल्लाबाटै रियल म्याड्रिडमा आबद्ध भए । सेभिल्लाबाट उनले ५० खेल खेलेका थिए । रामोसले रियल म्याड्रिडमा १६ वर्ष बिताउँदा ६ सय ७१ खेल खेले, जसमा उनले २२ ट्रफी जिते । सन् २०२१ मा उनी पिएसजीमा आबद्ध भएका थिए । यसक्रममा उनले तीन उपाधि हात पारे । 

ad
ad