१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ वा छैन भनेर हेर्नुहुँदैन : मीनेन्द्र रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३७:oo

नेपाली कांग्रेसका नेता तथा सांसद मीनेन्द्र रिजालले अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ र को छैन भन्ने दृष्टिबाट हेर्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै  उनले उनले यस्तो बताएका हुन्।

आन्तरिक ऋण बढ्दै गएको कुरा सत्य भए पनि त्यो वर्तमान सरकारले सिर्जना नगरेको उनले प्रस्ट पारे। ‘आन्तरिक ऋण बढ्दै छ, त्यसले सिर्जना गर्ने समस्या छ। तर, यो ऋण त बिरासतमा प्राप्त भएको हो नि । ऋण उठाउनुपर्ने अथवा वित्तीय व्यवस्था गर्न हुने खर्च हामीले नयाँ सिर्जना गरेको होइन,’ उनले भने।

एमाले सरकारको वेलामा र त्यसअघिको आन्तरिक ऋणको अवस्था हेर्न आग्रह गर्दै त्यसको सबै जिम्मेवारी वर्तमान सरकारलाई नदिन सांसद रिजालले आग्रह गरे। व्यापार घाटा, वैदेशिक मुद्रा सञ्चितिमा दबाबलगायतका समस्या पछिल्लो नाै महिनादेखि सुरु नभएको भन्दै उनले अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ भन्ने धारणाले हेर्न नहुने बताए।

‘राजस्व अनुमानको, चालू खर्चको, पुँजीगत खर्चको, ऋण बढेपछिको वित्तीय व्यवस्था यी सबै  स्वाभाविक हुन्। व्यापार घाटा घट्ने र बढ्ने क्रम, चालू खाता घाटा बढ्ने क्रम, वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढ्ने क्रम र विप्रेषणप्रतिको हामो निर्भरता नाै महिनादेखि सुरु भएको हो र ?’ उनले भने, ‘त्यही बिरासतमा प्राप्त भएको हो। अर्थतन्त्रका यी चुनौती सत्तामा को छ र को छैनबाट परिवर्तन हुँदैन।’

ad
ad