मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ १७ मंगलबार o८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा विमानस्थलमा ट्यांकर पल्टियो, उडान–अवतरण अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार o८:२८:oo

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । बिहान ७:४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान–अवतरण बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

 विमानस्थल सञ्चालनमा आउन अझै एक घन्टा लाग्ने उनले बताए । ‘बुद्ध एयरको पोखराबाट काठमाडौं उडान भर्ने पहिलो विमानमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध छ । अहिले त्यसलाई क्रेन मगाएर हटाउने काम हुँदै छ । विमानस्थल सञ्चालनमा अझै एक घन्टा समय लाग्न सक्छ,’ नयाँ पत्रिकासँग उनले भने ।

विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नपाएको उनले बताए । विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेसन तयारी अवस्थामा राखेर काम भइरहेकाले सक्दो छिटो उडान–अवतरण सुचारु हुने उनले जानकारी दिए ।