१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १५ आइतबार १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्पादन वृद्धिका लागि प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र निर्माण गरिने, ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गरिने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १७:३३:oo

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताएका हुन् । उनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । 

त्यसैगरी, बजेटमा कृषकहरूलाई सहज र सरल रूपमा बिउ, मल, प्रविधि, सिँचाइ सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि बिमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने पनि उल्लेख गरिएको छ । 

मन्त्री शर्माले भने, ‘कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रूपमा विकास गरिनेछ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यवसायिकीकरण र यान्त्रिकीकरणका लागि आधुनिकीकरण गरिनेछ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्न सम्माननीय प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरूसहितको उच्चस्तरीय संयन्त्र निर्माण गरिनेछ ।’

उनले अगाडि भने, ‘कृषकहरूलाई सहज र सरल रूपमा बिउ, मल, प्रविधि, सिँचाइ सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि बिमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने । ’