१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार o४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमा अरूणदेखि पश्चिममा बाँणगंगासम्मका नदीमा उर्लियो बाढी

सबै नदीका जलाधारक्षेत्रमा लगातार भारी वर्षा, सतर्क रहन अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o४:५४:oo

लगातार परिरहेको भारी वर्षाका कारण पूर्वमा अरूणदेखि पश्चिममा बाँणगंगासम्मका नदीमा बाढी उर्लिएको  छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मध्यरात सूचना जारी गर्दै ती नदीमा जलस्तर खतराको तह पार गरिसकेको जनाएको हो।

महाशाखाले अरूण, दुधकोशी, सुनकोशी, बागमती, तिनाउ, बाँडगंगा र तिनका सहायक नदीहरूले सतर्कताको थ्रेसहोल्ड पार गरिसकेकोले सम्भावित जोखिमप्रति सजग रहन अपिल पनि गरेको छ।